Italian Trulli
Italian Trulli

सीता गुफा जाने झोलुङ्गे पुलको सर्वे सम्पन्न

ठोरी २ स्थित पवित्र धार्मिक स्थल सीता गुफा ।

दडे, ठोरी, २३ चैत्र । पवित्र धार्मिक स्थल सीतागुफा जान झोलुङ्गे पुलको सर्वे भएको छ । ठोरी गाउँपालिका वडा नं। २ स्थित ठोरी भन्सार बजारबाट सीतागुफा जोड्ने झोलुङ्गे पुल को सर्भे विहीवार सम्पन्न भएको हो । 

उक्त झोलङे पुल निर्माण भएपछि पवित्र धार्मिक स्थल सीतागुफा पुग्न श्रद्धालु भक्तजनहरूलाई सहज हुने र जुनसुकै मौसममा पनि निर्धक्कसाथ पुजा प्रर्थना गर्न सकिने ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको परिकल्पना छ । 

ठोरी गाउँपालिका अध्यक्ष लालवहादुर श्रेष्ठ ।

अध्यक्ष श्रेष्ठका अनुसार पालिकामा तीनवटा महत्वपुर्ण झोलुङगे पुलको एकै साथ सर्वे हुन लागेको हो । सीता गुफा झोलुङ्गे पुल, इच्छानगर झोलुङ्गे पुल र ओडार खोला झोलुङ्गे पुल मध्ये सीतागुफा झोलुङ्गे पुलको सर्भे सम्पन्न भएको छ । शुक्रवार बाट ठोरी ३ ओडार माबिको पूर्वतर्फ ओडार खोलामा बन्ने झोलुङ्गे पुलको सर्भे सुरु हुने भएको छ । 


संघीय प्रविधिक टोली र गाउँपालिकाका प्रविधिक समेत सहभागि टोलीले सर्भे गरिरहेको छ । ठोरी २ को इच्छानगर पनि बर्खाको बेला खोला खहरेको घेराबन्दीमा पर्ने भएकोले त्यहाँ पनि पुलको अति आवश्यक रहेको गापा अध्यक्ष श्रेष्ठले बताए।  त्यसैगरि ओडार माविको पूर्व तर्फ ओडार खोलामा झोलुङगे पुल बनेमा विधार्थीका लागि सहज हुने र त्यसले बैकल्पीक मार्गका साथै पर्याटकिय सडकको रुपमा काम गर्ने गापा अध्यक्ष श्रेष्ठको भनाई छ ।

सीता गुफा क्षेत्रमा सर्वे गर्दै झोलुङ्गे पुल सर्वे टोलीका प्रविधिक सदस्य ।

ठोरीका जनताका आधारभूत आवश्यकताहरु आफ्नो पहिलो प्राथमिकता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । बर्षाको सिजनमा ठोरीका जनतालाई आफ्नो घर आवतजावतमा कठिनाई नहोस भन्नेमा आफूहरु गम्भीर भएर लागिपरेको उनले प्रष्ट्याए ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli