Italian Trulli
Italian Trulli

ठोरीमा महिला नेतृत्व विकास तथा आत्मरक्षा तालिम सम्पन्न, भौतिक निर्माण मात्रै विकास होइन– पालिका अध्यक्ष श्रेष्ठ

समापन समारोहलाई सम्बोधन गर्दै ठोरी गाउँपालिका अध्यक्ष लालवहादुर श्रेष्ठ ।

दडे, ठोरी, २० फागुन । ठोरी गाउँपालिकाको वडा नं. १ मा महिला नेतृत्व विकास तथा आत्मरक्षा तालिम कार्यक्रम शनिवार सम्पन्न भएको छ । ठोरी गाउँपालिकाको आर्थिक सहयोग र न्हू दर्पण अनुसन्धान तथा परामर्स केन्द्र ठोरीको आयोजनामा १० दिने तालिम सम्पन्न भएको हो । 



कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ ।

वडा नं. १ वडा कार्यालयकाको सभाकक्षमा आयोजित समापन कार्यक्रमका मुख्य अतिथी ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रशिक्षार्थीहरूलाई प्रमाण–पत्र प्रदान गरेका थिए । सो अवसरमा पालिका अध्यक्ष श्रेष्ठले भौतिक निर्माणलाई मात्रै विकासको रुपमा हेर्न नहुने बताउँदै  विभिन्न सीप, कला तथा जिवनउपयोगि दक्षता विकासका कार्यक्रमलाई पनि महत्वपुर्ण विकासको रुपमा प्रगमिकता दिनु पर्नेमा जोड दिए ।


 

समापन पछि सामुहिक फोटो खिचाउँदै प्रमुख अतिथी, अतिथी, अभिभावक, प्रशिक्षक र प्रशिक्षार्थीहरू । 

मानसिक विकास, चेतना अभिबृतिलगायतका कार्यक्रमहरू समाज विकासका आधार हुन– उनको कथन थियो । आफ्नै घर अगाडि काम भए मात्रै र त्यो काम आफैले गर्न पाए मात्रै विकास ठान्ने रोग समाजमा सल्कँदै गएको भन्दै पालिका अध्यक्ष श्रेष्ठले चिन्ता जाहेर गरे । योजना तर्जुमा तथा नीति निर्माणमा हस्ताक्षेपकारी भूमिका निर्वाह गर्न महिलाहरूलाई आग्रह गर्दै उनले व्यक्तिगत भन्दा पनि सामाजिक समस्यालाई आफुले प्रगमिकता दिने बताए ।

प्रशिक्षक हेम चापागाईलाई सम्मानपत्र प्रदान गर्दै एमाले ठोरीका अध्यक्ष श्रेष्ठ ।

गाउँ कार्यपालिका सदस्य धनमायाँ घलानको अध्यक्षतामा समपन्न कार्यक्रमका अतिथी  नेकपा एमाले ठोरीका अध्यक्ष तथा युवा नेता खगेन्द्र श्रेष्ठले प्रशिक्षक हेम चापागाई र प्रतिक्षा श्रेष्ठलाई प्रशंसा–पत्र प्रदान गरेका थिए । सो अवसरमा उनले महिला हक, हित, आत्म सम्मान र प्रतिष्ठाको लागि एमाले संधै अग्रसर रहेको बताए । १० दिने तालिम कार्यक्रम प्ररम्भिक मात्रै रहेकाले थप दक्षता अभिबृद्धिका कार्यक्रमहरूका लागि पार्टी लागि पर्ने भन्दै नेता श्रेष्ठले एमाले पार्टी संगठनमा दक्षता भएका महिलाको लागि प्रसस्त अवसर रहेको बताए 
मन्तव्य व्यक्त गर्दै वडा नं. १ का वडा अध्यक्ष धनमान थापा ।

कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष तथा तालिमका संरक्षक धनमान थापाले यस किसिमको तालिमबाट आफुलाई खुशी लागेको बताए । नेकपा एमाले ठोरीका सचिव जगेन्द्र पौडेल, मुख्य प्रशिक्षक प्रताप श्रेष्ठ, एमाले ठोरी १ का अध्यक्ष तथा नागरिक अगुवा चेतवहादुर थापा, महिला अगुवा रुपा पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महिला अगुवा रुपा पौडेल तालिमको औचित्य बारे प्रकाश पार्दै ।

प्रशिक्षार्थी अपसरा स्याङतानले सहजीकरण गरेको कार्यक्रममा प्रशिक्षार्थी सरला तिमल्सिनाले तालिमको गतिविधी समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सो अवसरमा ठोरी गाउँपालिका गाउँसभाका सदस्य केशव अधिकारी, मिश्री नेपाली, नेकपा एमाले पर्साका पूर्व जिल्ला कमिटी सदस्य खडक श्रेष्ठ, लोकतान्त्रीक आदिवासी जनजाती महासंघ पर्साका सदस्य देव लामा, एमाले ठोरी गाउँ कमिटीका सदस्यहरू मुन्न श्रेष्ठ, अम्बर श्रेष्ठ, वडा नं. १ नागरिक समाजका अगुवा गमवहादुर गुरुङलगायत प्रशिक्षार्थीका अभिभावकहरूको सहभागिता थियो ।


नागरिक अगुवा तथा एमाले ठोरी १ का अध्यक्ष चेतवहादुर थापा मगर मन्तव्य व्यक्त गर्दै ।

फागुन ७ गते देखि सुरु भएको तालिममा मार्सलआर्ट तर्फ प्रतिक्षा श्रेष्ठले प्रशिक्षण दिएका थिए भने कानुनी बाटोबाट आत्मरक्षाका विविध पक्षबारे अधिवक्ता वीरेन्द्रप्रसाद यादवले प्रशिक्षण दिएका थिए ।


तालिमको गतिविधी बारे समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै प्रशिक्षार्थी सरला तिमल्सिना ।

त्यसैगरि सुचना तथा संचारमार्फत आत्मरक्षाका उपाय बारे  सञ्चारकर्मी हेम चापागाईले प्रशिक्षण दिएका थिए भने महिला सुरक्षा र जिम्मेवारीका विभिन्न पक्षमा शसस्त विओपी ठोरीका पोष्टपति शसस्त्र प्रहरी निरिक्षक विमल केशी र इलाका प्रहरी कार्यालय ठोरीका निमित्त प्रमुख, बरिष्ट प्रहरी नायव निरिक्षक कुलबहादुर कुवँरले प्रशिक्षण दिएका थिए । 

समाचार र तश्विर – तालिमका प्रशिक्षार्थी पत्रकार मनिषा अधिकारी र अपेक्षा गुरुङ, ठोरी ।  


एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli