![]() |
जिल्ला संयोजक लगायत प्रदेश कमिटीका नयाँ सदस्यहरुलाई सपथ गराउँदै एमाले पोलिटव्युरो सदस्य अच्युत मैनाली । |
दडे, वीरगंज, ९ फागुन । नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम पर्सामा पनि सुरु भएको छ । एमाले पर्साको पार्टी कार्यालय मनमोहननगर रामगढवामा मंगलवार औपचारिक कार्यक्रम गरि मिसन ग्रासरुट सुरु गरिएको हो ।
पर्सा जिल्ला स्थित सो पार्टीका केन्द्र तथा प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य, पालिका कमिटीका अध्यक्ष, प्रदेश समन्वय कमिटीका अध्यक्षलगायतको सहभागिता रहेको कार्यक्रममा मुख्य अतिथी एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले मिसन, पार्टी सुद्धिकरण, सुदृढीकरण, संगठन निर्माण र विस्तारको लागि रहेको बताए ।
प्रतिनीधिसभाका सदस्य समेत रहेका नेता महासेठले यस अभियानले पार्टीलाई सर्वसाधरणसंग प्रत्यक्षरुपमा सम्बन्ध स्थपीत गराउने र पार्टीसंगठनलाई नयाँ शिराबाट उठाउने विश्वास व्यक्त गरे । पर्सा जिल्ला कमिटी विघटन र केही सदस्य तथा पदाधीकारी माथि पार्टी कारवाई गरिएको सन्दर्भ उल्लेख गर्दै नेता महासेठले सचेत गराउनकालागि प्रमाणको आधारमा पार्टी कारवाई भएको दावी गरे । अव पनि सुधार हुँदैन भने पार्टीले उच्च स्तरको अन्तिम कारवाई गरिने उनले चेतावनी दिएका छन् ।
एमाले पर्साका संयोजक डा. विश्वमभरकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टीका पोलिटव्युरो सदस्य तथा प्रतिनीधि सभाका सदस्य अच्युत मैनालीले पार्टी केन्द्र र प्रदेशको अन्तरपार्टी निर्देशन बाचन गर्दै अक्षरस पालन गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएका छन् ।
सो अवसरमा केन्द्रीय सदस्यहरू प्रमोद नारायण यादव, सरस्वती चौधरी, मोहम्मद शमिर, केन्द्रीय प्रतिनीधिद्वेय कमलेश झा, अजय गुप्ता, प्रदेश सचिवालय सदस्यहरू विचारी यादव, जयप्रकाश थारु, शंभुप्रसाद गुप्तालगायतको सहभागिता थियो । जिल्ला कमिटी सदस्य प्रताप श्रेष्ठले सहजीकरण गरेको उक्त कार्यक्रमबारे जिल्ला कमिटी सदस्य विनोद गिरीले प्रकाश पारेका थिए भने जिल्ला कार्यालय सचिव सन्तोष पासवानले स्वागत गरेका थिए ।
कार्यक्रमका सहभागिहरूले मिसन ग्रासरुट अन्तर्गत जिल्लामा करिब ४५ दिनसम्म सञ्चालन गरिने संगठनात्मक विभिन्न कार्यक्रमहरू तय गरेको एमाले पर्साले जनाएको छ ।
यसैविच एमाले पर्साको संयोजको जिम्मेवारी पाएका डा. विश्वमभर शर्मा, मधेश प्रदेश सचिवालयमा मनोनित जयप्रकाश थारुलगायत प्रदेश कमिटीका नयाँ जिम्मेवारी पाएका सदस्यहरूलाई पार्टीका पोलिटव्युरो सदस्य अच्युत मैनालीले पद तथा गोपनीयताको सपथ गराएका थिए । उनीहरूले आजैबाट पदभार ग्रहण गरेकाछन् ।