![]() |
सहभागिहरूलाई आत्मरक्षाका लागि मार्सलआर्टस प्रशिक्षण दिइदै । |
दडे, ठोरी, ८ फागुन । ठोरी गाउँपालिकाको आर्थिक सहयोग र न्हू दर्पण अनुसन्धान तथा परामर्स केन्द्रको आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत नेतृत्व विकास तथा आत्मरक्षा तालिम ठोरी वडा नं. १ मा सुरु भएको छ ।
फागुन सात गते प्रजातन्त्र दिवसको अवसर पारेर सुरु तालिमको उदघाटन वडा नं.१ का वडाअध्यक्ष राजेश थापा र पूर्व गाविस उपाध्यक्ष गणेश बोहोराले संयुक्तरुपमा गरेका थिए । तालिम उदघाटन अघि सोही दिन अभिभावक भेला सम्पन्न भएको थियो ।
![]() |
शुभकामना मन्तव्य व्यक्त गर्दै ठोरी १ का वडाअध्यक्ष राजेश थापा । |
सो अवसरमा नेकपा एमाले ठोरीका सचिव जगेन्द्र पौडेल, गाउँ कार्यपालिका सदस्य धनमाया घलान, गाउँपरिषद सदस्य केशव अधिकारी, नेकपा एमाले ठोरी– १ वडा कमिटीका अध्यक्ष चेतबहादुर थापा, नागरिक अगुवा गमबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए ।
![]() |
कार्यक्रमबारे प्रकाश पार्दै नेकपा एमाले ठोरीका सचिव जगेन्द्र पौडेल । |
सरस्वती चोकस्थित शहिद बसन्त भण्डारी स्मृति भवनमा सञ्चालित तालिममा २५ जना किसोरी तथा महिलाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । १० दिनसम्म चल्ने उक्त तालिममा महिला हिंसा लैङगीक विभेद एवं महिला क्षमता विकास बारे आधारभूत ज्ञान÷सीप सिकाइने तालिम प्रदायक संस्था न्हू दर्पण अनुसन्धान था परामर्स केन्द्रका संयोजक गौरव प्रताप श्रेष्ठले जानकारी गराएका छन् ।
![]() |
शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपा एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा ठोरीका पूर्व गाविस उपाध्यक्ष गणेश बोहोरा । फोटाहरू – न्हू दर्पण अनुसन्धान तथा परामर्स केन्द्र । |
Tags:
news