Italian Trulli
Italian Trulli

नेरेसो पोखरिया उपशाखाको साधरण सभा सम्पन्न, कपडा बैंक सञ्चालन

 


साधरण सभामा मन्तव्य व्यक्त गदै विशिष्ट अतिथी पोखरिया नगरप्रमुख प्रधुम्न चौहान ।

धर्मेन्द्र चौरसिया, पोखरिया, २४ पुस ।
नेपाल रेडक्रस सोसाइटी पोखरीया उप साखाको ३३ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । 

नेरेसो पर्सा शाखाका मन्त्री शैलेन्द्र चौरसियाको मुख्य आतिथ्यमा सम्पन्न सभामा कोषाध्यक्ष विनोद गिरीले आव २०७९/०८० को अनुमानित २२ लाख ३ हजार २ सय ५१ रुपैयाँको आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि मन्त्री चौरसियाले  रेडक्रस मानविय सेवामा कार्यरत संस्था रहेको प्रष्टयाउँदै सेवा समर्पित संस्थाको आयव्यय चितबुझदो रहेको प्रतिकृया दिए । पोखरिया उपशाखाले जिल्लाकै उपशाखाहरू मध्ये पहिलो पटक कपडा बैङ्क स्थापना गरेको भन्दै उनले खुशी व्यक्त गरे । उपसाखाका सभापति भागवान कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथीमा पोखरीयाका नगरप्रमुख प्रधुम्न चौहान थिए । साधरण सभाको अवसरमा मुख्यअतिथी नेरेसो पर्सा शाखाका मन्त्री चौरसिय र विशिष्ट अतिथी नगरप्रमुख चौहानले संयुक्त रुपमा कपडा बैंक उदघाटन गरेका हुन् ।

नेरेसो पोखरिया उपशाखाले स्थपना गरेको कपडा बैंकको संयुक्त उदघाटन गर्दै नगरप्रमुख चौहान र मुख्य अतिथी मन्त्री चौरसिया ।

सो अवसरमा नगरप्रमुख चौहानले रेडक्रसद्वारा स्थापीत कपडा बैंकले विपन्न बर्गलाई जिउनको निम्ती ठुलो सहयोग पुग्ने विचार व्यक्त गरे । सहयोग गर्न चाहनेहरुका लागि हातेमालो गर्ने र सहयोगापेक्षीहरुका लागि बैंक सहारा बन्न सक्ने भन्दै उनले आफ्नो घरमा रहेका लगाउन मिल्ने कपडाहरु बैंकमा जमागरि सहयोग पु¥याउन नगरवासीलाई आग्रह गरेका छन् । भएकाले दिन सक्ने र नभएकाले लिन सकिने पवित्र उद्देश्यका साथ आफनो पालिकामा स्थापीत कपडा बैंकलाई पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

 विनोद गिरीले सहजीकरण गरेको कार्यक्रममा वार्ड नं ४ का वाडा अध्यक्ष लक्ष्मण साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक आयुष जोसी, शसतर प्रहरी निरीक्षक हरिकृष्ण खड्का लगायतको सहाभगिता थियो ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli