![]() |
शिविर उदघाटन कार्यक्रममा नगरप्रमुख प्रधुम्न चौहान, पूर्व उपमेयर सल्मा खातुनलगायत । |
धर्मेन्द्र चौरसिया, पोखरीया, २४ पुस । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीले शनिवार पोखरीया नगरपालिका वडा नं. ८ मा निश्शुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ ।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालसंगको सहकार्यमा सम्पन्न शिविरमा २०० जनाको आँखा चेकजाँच गरिएको र सो मध्ये ७५ जनामा मोतियाबिन्दुको फेला परेको लायन्स सेन्ट्रल सिटीकी अध्यक्ष तथा पोखरीया नपाका पूर्व उपमेयर सल्मा खातुनको बताएकी छन् ।
![]() |
शिविरमा आँखा परिक्षण गराउन आएका ज्येष्ठ नागरिकहरु । |
मोतियाविन्दु फेला परेका ७५ जनाको आइतवार वीरगंज स्थित सामुदायीक आँखा अस्पतालमा निश्शुल्क सल्यक्रिया गरिने अस्पतालका डा.महेश सिंह धामीले जानकारी गराएका छन् ।
शिविर कार्यक्रममा पोखरीयाका नगरप्रमुख प्रधुम्न चौहान, नागरिक अगुवा विन्ध्याचल ठाकुर, वडाध्यक्ष किशोरी साहलगायतको सहभागिता थियो ।
सो अवसरमा डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, महेश सिंह धामी, सुमित साहलगायतले सेवा प्रदान गरेका लायन्स क्लबले जनाएको छ ।
Tags:
news