साधरणसभामा सामुहिक फोटो खिचाउँदै संस्थाका सदस्य तथा पदाधिकारीहरू
दडे, बारा, २३ पुुस । उपलब्धि बचत तथा ऋण सहकारी संस्था लि प्रसौनीको १० औ बार्षिक साधरण सभा शनिवार सम्पन्न भयो । बारा जिल्लाको प्रसौनी गाउँ पालिका वडा नं. २ स्थित संस्थाको सभाकक्षमा सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष अमितकुमारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रसौनी गाउँपालिका अध्यक्ष बिनोदकुमार जैसवालले पालिका अन्तर्गतका सबै सहकारी संस्थामा पालिकाबाट नियमित अनुगमन गरिने र आवश्यकतानुसार परामर्श दिने साथै तालिम समेत दिइने बताए । उनले सहकारी संस्थाको प्रवर्द्धन गर्दै सुसासनका लागि पालिका लागि पर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।
![]() |
प्रमुख अतिथी गापा अध्यक्ष विनोद कुमारलाई व्याज लगाईदिंदै । |
कार्यक्रममा २० लाख ३८ हजारको शेयर पुँजी रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसैगरि संस्थाको २ करोड ९० लाख ८४ हजार ४ सय बचत रहेको र ३ करोड ३० लाख ८ हजार ४ सय ऋण लगानी रहेको कोषाध्यक्ष रतनेस कुमारगुप्ताले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्रप्रसाद ठाकुर, रमेश चन्द्र सुडी, बलिराम महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा स्वागत विनोद साह कानुले र कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रितम कुमारले गरेका थिए ।