Italian Trulli
Italian Trulli

मधेसका मुख्यमन्त्री यादवलाई सतप्रतिशत विश्वासको मत


४ माघ, जनकपुरधाम । 
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ। बुधवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन्। मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन्। 

मधेस प्रदेशसभामा माओवादी केन्द्रका दुई जना प्रदेशसभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेशसभामा हाल एक सय पाँच सदस्य रहेका छन्। पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारणअर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गरे। 

प्रदेशसभाको पहिलो कार्यकालमा सभामुखको जिम्मेवारी सम्हालिसकेका यादव जसपाबाट पहिलोपटक मुख्यमन्त्री बनेका लालबाबु राउतलाई रोक्दै सर्वसम्मत पार्टी संसदीय दलको नेता र त्यही हैसियतमा संविधानको धारा १६८ (२) बमोजिम गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भए। अब उनि सत्ता गठबन्धनको समझदारीअनुसार साढे दुई वर्ष प्रदेशको कार्यकारी प्रमुखको रुपमा रहेछ। 

पार्टीमा विभिन्न तहमा रहँदै निर्वाचनमार्फत संसदीय अभ्यास, केन्द्रीय सरकारमा राज्यमन्त्री र प्रदेशमा सभामुखको भूमिका निर्वाह गरिसकेका उनले अब मुख्यमन्त्रीको रुपमा कस्तो भूमिका बहन गर्लान् भन्ने आम चासो छ। 

आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने यादवलाई अब आफ्नै नेतृत्वमा सबैको विश्वास जित्दै आलोचनाबाट जोगिनुपर्ने चुनौती पनि छ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli