पोखरीया १९ पुस, मंगलबार बिहान देखि सुरुभएको अत्याधिक चिसोको कारण पर्सागढि नगरपालिका द्वारा नगर बासीहरुको लागि चौक चौकमा दाउरा बितरण गरेको छ ।
पर्सागढि नगरपालिकाले सबैया साझेदारि बन कार्यालयबाट काठ खरिद गरि पर्सागढि नगरपालिकाको नौ वटै वडाको चौक चौकमा बाल्नको लागी काठ पठाईएको पर्सागढि नगरपालिका नगरप्रमुख गोकर्ण पाठकले बताउनुभयो ।
यसै गरी ठोरी गा.पा.को वार्ड न.५ मा पनि चौकहरुमा दाउरा बितरण गरिएको छ । वाडा अध्यक्ष अष्ठबहादुर तमांगले मंगलबार बृद्द,बालबालिका तथा बाटो हिडने आम जनतालाई जाडो छल्नका लागी दाउरा बितरण गरेको बताउनु भयो । दाउरा बितरण संगै स्थानिय बासीहरु खुसी भएकोको अध्यक्ष तामांगले बताए ।