Italian Trulli
Italian Trulli

चिसो र शितलहर बढे पछि पर्साका विधालयहरु बन्द हुदै

 


पोखरीया १९ पुस, सोमबार देखी अत्याधिक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि पर्सामा अधिकांश पालिकाहरुले विद्यालयमा विदा दिन थालेका छन् ।

पोखरिया नगरपालिका, बिन्दवासनी गा.पा.,जगरनाथ पुर,सखुवा प्रसौनी,गा.पा.ले सोमबार देखि नै विद्यालय बन्द गरेका छन। पोखरिया नगरपालिकाको कार्यालयले सोमबार एक सार्वजनिक सुचना जारि गरेर पालिकामा रहेका विद्यालयहरुमा सोमबार देखि शुक्रबार सम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विजय झाले बताउनु भयो ।


यसै गरी वीरगन्ज महानगरपालिकाले पनि महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु मङ्गलबार देखि शुक्रबार सम्म बन्द रहने जनाएको छ ,सोमबार महानगरपालिकाले जारी गरेको सुचनामा प्रतिकुल मौसमका कारण बालबालिकालाई पठनपाठनमा असहजता भएकाले हिउँदे विदामा कट्टा हुने गरि आज मङ्गलबार देखि पुस २२ गते शुक्रबार सम्मका लागि विद्यालयहरुमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ ।

यसैगरि पर्साकै जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन्

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli