Italian Trulli
Italian Trulli

पर्साको विकट बस्ती शिकारीवासमा वाइफाई निशुल्क

 


३ माघ, वीरगञ्ज  । पर्साको ठोरी गाउँपालिका-३ शिकारीवासमा निश्शुल्क वाइफाई सेवा सञ्चालन गरिएको छ । ठोरी गाउँपालिकाको अनुदान सहयोगमा सेवा प्रदायक कम्पनी पडिीएसले शिकारीवासमा वाइफाइ सेवा सुरु गरेको  हो ।

ठोरी गाउँपालिकाका बस्तीहरूमध्ये जेठो बस्ती शिकारीवासमा यस अधि कुनै पनि सञ्चार सेवा उपलब्ध थिएन । । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको  दोसाधमा पर्ने उक्त बस्तीमा एक कल फोन गर्न पनि अग्लो रुखमा चढेर टावर सर्च गर्नुपर्ने बाध्यता थियो।


गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले शिकारीवासमा  निश्शुल्क वाईफाई सेवा शुरु गरिएको जानकारी दिए । शिरीबासका नागरकि सञ्चार सेवाबाट वञ्चति थएि’, उनले भने ॅआपत विपत पर्दा समेत कुनै सन्चार सेवा थिएन । सञ्चार सेवाको भरपुर उपयोग गर्न पाउन भन्ने उद्देश्यले वाईफाई जडान गरेका छौं ।’

टेलिफोनको राम्रो सुविधा नभएको ठाउँमा इन्टरनेट सेवा सुरु भए पछि देशविदेशमा रहेका आफन्तसँग कुराकानी गर्न सहज भएको स्थानीय सन्दीप बस्नेतले बताए । पर्सा जिल्लाकै सवै भन्दा विकट बस्ती शिकारीवासका नागरिकले निश्शुल्क वाइफाई सेवा उपयोग गर्न पाए पछि  जेठो बस्तीको सम्मान भएको ठानेका छौं । हामी धेरै खुशी छौं - शिकारीबासका बासिन्दाले भने ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli