Italian Trulli
Italian Trulli

स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार महेश दासलाई दिने

विरगंज १९ पुस, स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगन्जका पत्रकार महेश दासलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको मंगलवार बसेको बैठकले पत्रकार दासलाई स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार दिने निर्णय गरेको हो ।


विगत लामो समयदेखि वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई यो पुरस्कार दिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले जानकारी दिनु भयो ।यो पुरस्कार बर्सेनी माघ १ गते वितरण हुदै आएको छ ।

पत्रकार दास एभिन्युज मधेस प्रदेशका प्रमुख छन् । यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु गया यादव , सत्रुघन नेपाल , केसी लामिछाने , महेशचन्द्र गौतम , श्याम बन्जारा , ओमप्रकाश खनाल ,ध्रुव साह ,बिजय भण्डारी , प्रताप श्रेष्ठ लगायतकाले पाइसकेका छन ।

 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli