धर्मेन्द्र चौरसिया, ५ पुस । पोखरिया नगरपालिकामा आयोजित चौथो पालिक स्तरीय मेयरकप टी–२० क्रिकेट प्रतियोगितामा सोमवार बहुदरमाई नगरपालिका विजयी भएको छ।
सोमबार बहुदरमाई नगरपालिका र सखुवा प्रसौनी गाउपालिका बीच सम्पन्न आठौं खेलमा बहुदरमाई नगरपालिका ले टस जिती बॉलिंग रोजेको थियो । ब्याटिङ गर्न आएको सखुवा प्रसौनी गाउँपालिकाले निर्धारित २० ओभरमा १९।२ बॉल खेलदै आफ्नो सम्पुर्ण विकेट गुमाई ११२ रन बनाएको थियो । प्रति उतरमा ११३ रनको विजयी लक्ष्य लिएको बहुदरमाई नगरपालिकाले १०।३ ओभरमा ३ विकेट को नोक्सान मा ११३ रन बनाई ७ विकेट ले बिजयी भएको छ। सोमबारको खेलमा बहुदरमाई नगरपालिकाका दिपेश यादव ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले ४९ रनको योगदान सहित ३ विकेट लिएका थिए ।
मंगलवार आजको खेल बिंदावासिनी गाउपालिका र छिपहरमाई गाउपालिका बिच हुने आयोजक समितिका सदस्य राकेश महतोले बताए ।