Italian Trulli
Italian Trulli

पोखरिया नपामा निशुल्क नाक,कान,तथा आखा उपचार २ दिने शिवीर समपन्न


पोखरीया,पुस ०६ गते ।
पर्सा को  पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रीय सशीधर कृष्ण तिवारी आधारभूत  विधालय बनकटवामा बुधबार २ दिने आंख ,कान ,नाक , सम्बन्धी परीक्षण शिवीर सम्पन भएको छ।
सो शिवीर मा ३ बर्ष देखी १४ बर्ष सम्मको १०६४ जना बालबालिकाहरूको चेकजाच गरएिको थियो ।जसमध्ये ३ जनामा मोतियाबिंद फेला परेको,र १२ जना लाई चस्मा निशुल्क दिएको थियो । त्यसै गरी १० जनालाई कानको साल्यक्रिया गर्नु पर्ने र ६ जना कान सून्न नसक्ने बिरामी फेला पारेको  थियो ।

त्यसतै ४ जनाको घाटीको सल्यक्रिया गर्नु पर्ने,१ जनामा घाटीको क्यान्सरको संभावना देखिएको डा. प्रशांत पौडेलले बताउनु भयो । 
सो सिबिर पोखरिया नगरपालिकाको आयोजना तथा बि पी नेत्र प्रतिष्ठान अस्पताल काठमान्डू भक्तपुरको सहकार्यमा सम्पन भएको हो । सो सिबिरमा वाडा अध्यक्ष प्रमोद गिरी,नेपाल रेडक्रॉस सोसाइटी पोखरियाको सभापति भगवान प्रसाद कुर्मी,शिक्षा साखा प्रमुख विजय झा लगायतको सहभागिता रहेको थियो ।

 


एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli