Italian Trulli
Italian Trulli

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६६ हजारभन्दा बढीले दिए दरखास्त

बर्दिबास ।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६६ हजारभन्दा बढीले दरखास्त दिएका छन् ।

प्रदेशको ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा म्यादी प्रहरीका लागि ६६ हजार ८८४ जनाले दरखास्त दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

दरखास्त दिएका मध्ये ५५ हजार ५७ पुरुष र ११ हजार ८२७ महिला रहेका छन् ।दरखास्त दिनेमा सबैभन्दा बढी बारा जिल्लामा ८ हजार ९३९ पुरुष र २ हजार ४६६ महिला गरी कूल ११ हजार ४०५ जना रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै, सप्तरीमा ७ हजार ३३७ पुरुष र १ हजार ६२३ महिला गरी ८ हजार ९६०, सिरहामा ५ हजार ५२० पुरुष र १ हजार २९९ महिला गरी ६ हजार ८१९, धनुषामा ६ हजार ७०९ पुरुष र १ हजार १२५ महिला गरी जम्मा ७ हजार ८३४ जनाले दरखास्त दिएका छन् ।

यस्तै, रौतहटमा ७ हजार ४२० पुरुष र १ हजार १६३ महिला गरी ८ हजार ५८३, महोत्तरीमा ५ हजार ९६९ पुरुष र १ हजार ३३३ महिला गरी ७ हजार ३०२, सर्लाहीमा ७ हजार ९३ पुरुष र १ हजार ५७० महिला गरी ८ हजार ६६३ र पर्सामा ६ हजार ७० पुरुष तथा १ हजार २४८ महिला गरी ७ हजार ३१८ जनाले दरखास्त दिएको प्रवक्ता तिम्सिनाले बताउनुभयो ।




एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli