Italian Trulli
Italian Trulli

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

file photo

काठमाडौँ ।निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।

आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया बिहिबारदेखि सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने जनाएको छ ।

कर्मचारीको सरुवा नरोकिँदा निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पर्ने भन्दै आयोगले निर्वाचन सम्पन्न भएसम्मका लागि अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न निर्देशन दिएको हो ।

यही असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमना दिई असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहलगायत सबै सार्वजनिक निकायलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।




एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli