दडे, वीरगंज, २७ साउन ।
पर्साको ठोरी गाउँपालिका वडा नं. ३ निवासी क्यान्सर पीडित लिलामाया श्रेष्ठलाई –क्यान्सर पीडित बचाउ अभियान–ले आर्थिक सहयोग जुटाएकोे छ । पीडितको उपचारका लागि अभियानको पहलमा सहयोगी दाताहरूबाट तीन लाख ६२ हजार ५२५ रुपैयाँ संकलन भएको अभियन्ता श्रेष्ठ रिया ऋषिले जानकारी गराउनु भयो ।
![]() |
क्यान्सर पीडित लिला माया, भरतपुर क्यान्सर अस्पतालको शैयामा । |
दुइ छोरा र दुइ छोरीकी आमा लिला बेखर्ची भई घरमा बसेकी अवस्थमा अभियानद्वारा सहयोग संकलन सुरु भएपछि पछिल्लो तीन महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको छ ।
खर्चको अभावमा उपचार नपाएर छटपटाउनु पर्ने अवस्थमा पुगेकाहरूका लागि अभियन्ता ऋषिले यस अघि पनि तीन वटा अभियान सम्पन्न गरि सक्नु भएको छ । सास हुनेसम्म आस, त्यो आसको लागि त उपचार पाउनु परयो नि, न्युततम उपचार पनि नपाएर गरिब दुखि निम्न आयस्तरका मानिसहरू बाँच्च पाउने अधिकारबाट समेत बन्चित छन् । नागरिकको स्वस्थ्य सेवाको ग्यारेन्टी राज्यको दायित्व हो । राज्य उदासिन भए पछि मानवीय दायित्वबाट हामी पछि हटनुु हुन्न – अभियन्त श्रेष्ठको कथन छ ।
![]() |
क्यान्सर पीडित बचाउ अभियानका अभियान्ता श्रेष्ठ रिया ऋषि । |
ठोरी वडा नं. ब्रहमानगर घर भई भारतीय फौजी गोर्खा रेजिमेन्टमा कार्यरत श्रेष्ठ रिया ऋषि, गाउँ ठाउँमा आपद विपद परेकाहरुबारे थाहा पाए पछि उसको बास्तविक्ताबारे आफ्नो स्रोतबाट एकिन गर्नु हुन्छ । बास्तविक दुखी नै हो भन्ने पक्का भए पछि मात्रै अभियान सञ्चालन गर्नु हुन्छ । उनको अभियानमा भारतीय गोर्खा फौजमा कार्यरत उनका साथीहरू देखि ठोरी घर भई विभिन्न देश–विदेशमा कार्यरत नेपालीहरू जोडिने गरेकाछन् । अव त चिने जानेका साथीहरूले आफना अरु पनि साथीलाई जोडन लाग्नु भएको छ – अभियान्ता ऋषिले सुनाउनु भयो । उनले थपे मैले त अभियान सञ्चालन गर्ने मात्रै हो, मुख्य मानवीय धर्म, सहयोगीहरुले निभाई रहनु भएको छ । अभियानमा जोडिनु भएकाहरुले निश्वार्थ सहयोग प्रदान गरिरहनु भएको छ । सहयोगी हातहरु प्रति आभारी छु । वडाँहरुलाई मनमुटु देखि नै नमन गर्छु ।
![]() |
फौजी अभ्यासको क्रममा गोर्खा शैनिक ऋषि। |
अभियन्ता ऋषिको व्यक्तित्व एवं उनको इमान्दारिता र पारदर्शिताका कारण उनको अभियानमा जोडिन आफुहरूलाई गौरवान्दीत महसुस हुने अभियानका सहयोगी, बारा सिमरा निवासी दुर्गा श्रेष्ठ बताउनु हुन्छ । दाताको सहयोग जस्ताको जस्तै पीडितको हातमा पुग्ने र पीडित पनि बास्तविक पीडित पहिचान गर्नु हुने ऋषिको तरिका र पारदर्शिता अरुको भन्दा फरक छ – दुर्गाले भन्नु भयो । मनमा दयामाया, उपकार तथा सेवाको भावना छ भने घर र पेसालाई वास्ता नगरि अभियन्ताको विल्ला भिरेर हिंडनु पर्छ भन्ने जरुरी छैन । आ–आफ्नो पारिवारिक, सामाजिक, पेशागत तथा राष्ट्रिय जिम्मेवारी निभाउँदै पनि मानव कल्याणको अभियान चलाएर दुःखीको घाउमा मलमपटटी गर्न सकिन्छ भन्ने उदाहरण हुन रिया ऋषि र उनका सहयोगी साथीहरु ।
![]() |
डिउटीको क्रमा गोर्खा कमाण्डो ऋषि । |
![]() |
क्यान्सर पीडित लिलामाया बचाऔ अभियानका सहयोगी मनहरु । स्रोतः रिया ऋषि |