Italian Trulli
Italian Trulli

शिकारीबास दुई महीनापछि उज्यालो हुने

जंगल भित्र रहेको सुन्दर शिकारीवास टोल ।

ओमप्रकाश चौधरी, सेढवा /
 
 ठोरी गाउँपालिका–३ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको बीचमा रहेको शिकारीबासमा विद्युतीकरण गर्न दुईवटा निकाय प्रयासरत छन् । विद्युतीकरण गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले प्रयास गरिरहेका छन् । 

नेपाल विद्युत् प्राधिकरणले विभिन्न समस्या तथा बाधा अडचनका कारण विद्युत् पु¥याउन सकेको छैन भने बस्तीमा विद्युत् सेवा प्रवाह गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले सोलार प्यानल केन्द्र जडान गरी विद्युत् आपूर्ति गर्ने योजना अनुरूप कार्य गरिरहेको छ । यो कार्यक्रमका लागि केन्द्रले ९० प्रतिशत र स्थानीय पालिकाले १० प्रतिशत रकम लगानी गर्ने नीति छ । केन्द्रले रु एक करोड ५९ लाखको लगानीमा शिकारीबासमा सोलार प्यानल जडान गरी विद्युत् स्टेशनको स्थापना गर्ने कार्य सञ्चालनमा छ । 

सो योजनाको ठेक्का सनराइज इनर्जी कम्पनीले सकार गरेर कार्य गर्दैछ । कम्पनीका सञ्चालक उत्तम सिटौलाका अनुसार योजनाका लागि केही उपकरणहरू ल्याइसकेको र शिकारीबासको घरधुरी सङ्ख्या तथा स्थलगत प्रतिवेदन वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमा पठाइएको बताए । केन्द्रले स्वीकृति दिएपछि दुई/तीन महीनाभित्रै योजना सम्पन्न गर्ने सञ्चालक सिटौलाले बताए । यसै अवधिमा सम्पूर्ण घरमा मिटर जडान तथा पोल, विद्युतीय तार तथा पोलमा बल्ब बाल्ने कार्य हुने उनले जानकारी गराए ।
यता नेपाल विद्युत् प्राधिकरणले पनि शिकारीबासमा विद्युतीकरणका लागि आवश्यक प्रक्रिया शुरू गरेको छ । नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख जगरनाथ झाका अनुसार मधेस प्रदेशस्तरीय प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत बस्तीमा विद्युतीकरण गर्ने योजना रहेको बताए । 

निकुञ्जको मध्यवर्ती वनमा ११ केभिएको एचटी लाइन र ४००/२३० भोल्टको लाइन ३.५ किलोमिटर जडानको लागि लगत इस्टिमेटसहित अनुमतिका लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा पत्र पठाइएको प्रमुख झाले बताए । अनुमति पाउने बित्तिकै कार्य शुरू हुने उनले जानकारी गराए । ठोरी गाउँपालिकामा पनि विद्युतीकरण भर्खरै भएको हो । विद्युतीकरणपूर्व ठोरी गापामा वैकल्पिक ऊर्जा सोलार प्यानल र गोबर ग्याँस थिए भने परम्परागतरूपमा टुकी बाल्ने गरिन्थ्यो ।

 तीन वर्ष पहिले मात्र गापामा विद्युतीकरण भएको हो । पूरै गापा विद्युतीकरण भइसक्दा पनि निकुञ्जमा भएको कारण शिकारीबासमा बिजुली पुग्न नसकेको हो ।
 thank you, prateekdaily.com

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli