Italian Trulli
Italian Trulli

एमाले पर्साको निर्वाचन क्षेत्र समन्वय पदाधिकारी चयन, तीन सदस्यि आर्थिक छानविन समिति गठन

 

सचिवालय बैठकमा सहभागिहरु शहिद प्रति मौनधारण गर्दै ।

दडे, वीरगंज, ३० साउन ।

नेकपा एमाले पर्साको निर्वाचन क्षेत्र समन्वय कमिटी गठन भएको छ । आइतवा जिल्ल पार्टी कार्यालय मनमोहन नगरमा सम्पन्न जिल्ला सचिवालय कमिटीको बैठकले जिल्ला स्थित चार वटा प्रतिनीधि सभा क्षेत्र र आठ वटा प्रदेश निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गरेको हो ।

प्रतिनीधि सभा पर्सा निर्वाचन क्षेत्र नं. १ को संयोजकमा लालबाबु शेखलाई जिम्मेवारी दिइएको छ भने सह–संयोजकमा ईन्दु घिमिरे र सचिवमा मञ्जुर आलमले जिम्मेवारी पाएका छन् । त्यसैगरि प्रतिनिधी सभा क्षेत्र नं. २ को संयोजकमा ध्रुप साह, स–संयोजक केदार तिवारी र सचिवमा मनोज कुशवाहा मनोनित भएका छन् । क्षेत्र नं. ३ को संयोजक, सहसंयोजक र सचिवमा क्रमशः राजेश रौनियार, सुनिल कुशवाहा र रामबाबु साह मनोनित भएका छन् । निर्वाचन क्षेत्र नं. ४ को संयोजकमा यमबहादुर बस्नेत, सहसंयोजक उर्मिला देवी थरुनी र सचिवमा रामेश्वर साहकानुले जिम्मेवारी पाएका छन् । 

जिल्लामा प्रदेश सभाका ८ वटा निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षे.नं. १ को क प्रदेश सभा क्षेत्र सयोजकमा अमानत अन्सारी, सहसंयोजक अर्चना अधिकारी, सचिवमा ताजुद्दीन अन्सारीलाई सचिवालय कमिटीले चयन गरेको छ । त्यसैगरि १ प्रदेश सभा ख को संयोजक कमलेश गुप्ता, सहसंयोजक लिला श्रेष्ठ र सचिवमा ओमप्रकाश गुप्ता चयन भएका छन् । 

प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क को संयोजमा तैयव मिया, सहसंयोजक सिकन्दर पटेल र सचिवमा दिवेश नेपालले जिम्मेवारी पाएका छन् । त्यसैगरि २ प्रदेश सभा निर्वाचन क्षेत्र ख को संयोजकमा अफजल हुसैन अन्सारी, सहसंयोजक स्याम गुप्ता, र सचिवमा हरेराम पटेललाई जिम्मेवारी सुम्पिएको छ । 

प्रतिनीधि सभा निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रदेश सभा क को संयोजकमा हरिनारायण चौधरी, सहसंयोजक भगवान कुर्मी र सचिवमा उमेश चौहान चयन भएका छन् भने प्रदेश सभा ३– ख को संयोजकमा सागिर मिया, सहसंयोजक सुनित साह गोंड र सचिवमा इन्द्रदेवप्रसाद कुर्मीलाई जिल्ला सचिवालय कमिटीले चयान गरेको छ । 

पर्सा प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत प्रदेश सभा क को संयोजक गोविन्द महतो थारू, सहसंयोजक नेवानी राम र सचिवमा राजेश लामा छन् । त्यसैगरि ४– ख को संयोजकमा हरि पटेल, सहसंयोजक दिपेन्द्र साह कलवार र सचिवको जिम्मेवारी फनिन्द्र कुशवाहले जिम्मेवारी पाएको नेकपा एमाले पर्साका सहसचिव सञ्जिव मिश्रले जानकारी गराएका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सहईन्चार्ज राजकुमार गुप्ताको मुख्य आतिथ्यमा सम्पन्न सचिवालय बैठकले एमाले पर्साका पूर्व अध्यक्ष प्रभु हजराको कार्यकालमा भएको आर्थिक कृयाक्लाप एवं आयाव्याय खर्चको लेखाजोखा लिन सचिवालय सदस्य स्याम बन्जाराको संयोजकत्वमा ती सदस्यि छानविन समिति गठन गरेको छ । समितीका सदस्यमा गोविन्दप्रताप श्रेष्ठ र लालबाबु शेख रहेका छन् । हाल केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज समेत रहेका हजराले यस अघि करिब आठ बर्ष जिल्ला कमिटीको अध्यक्ष पद चलाएकोमा उक्त अवधिको आयाव्यया प्रविबेदन हालसम्म कुनै अधिवेशन वा निकायमा प्रस्तुत नभएको भन्दै पार्टीले आर्थिक छानविन समिति गठन गरेको जिल्ला कमिटीका उपाध्यक्ष फर्मान मियाले बताए । 

सो पार्टी पर्साका अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा सचिव मनोज गुप्ताले सहजीकरण गरेको सचिवालय बैठकमा केद्रिय सल्लाकार परिषदका सदस्य ठाकुरप्रसाद न्यौपाने, महमद कदम रसुल, प्रदेश कमिटी सदस्य जालिम मिया, नवराज शर्मा, तेजप्रकाश निषाद, बसरुद्दीन अन्सारी, विना शर्मा, शम्भु गुप्ता, योगेन्द्र साहलगायतको सहभागिता थियो ।   


एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli