Italian Trulli
Italian Trulli

ठोरी गाउँँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

 


प्रस, ठोरी, १० असार/

ठोरी गाउँँपालिकाको सातौं गाउँसभा शुक्रवारदेखि शुरू भएको छ। सभामा पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे।

ठोरी पालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिइएको छ। कृषिमा एक टोल एक उत्पादन, नश्ल सुधार, कृषि बीमा, चिस्यान केन्द्र स्थापना, एक टोल एक कृषि प्राविधिकलगायतका योजना अगाडि सारिएका छन्।

पर्यटन विकासका लागि भाषा, लोकसंस्कृतिको संरक्षण गर्दै धार्मिक, ऐतिहासिक, प्राकृतिक सम्पदाहरूको खोज, अनुसन्धान र संरक्षण गरिने भएको छ। केबुलकार, झोलुङ्गेपुल र ठोरी–२ इच्छानगरदेखि शिकारीवास हुँदै पथलैया आधाभारसम्म हात्ती सफारीको अवधारणा अगाडि सारिएको छ।


स्थानीयस्तरमा कार्यरत सरकारी कर्मचारी एवं सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै अध्यापन गराउनुपर्ने व्यवस्था लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

जिल्ला समन्वय समिति पर्साकी सदस्य सुशीला विक मुख्य अतिथि र समन्वय समितिका पूर्वउपप्रमुख तथा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य ठाकुरप्रसाद न्यौपाने विशेष अतिथि रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, माओवादी केन्द्र ठोरीका इन्चार्ज हरि सुनार, शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ, नेवा खलःका रामबहादुर श्रेष्ठ, पूर्व गाविस अध्यक्षहरू जरी लामा, उद्धव सापकोटा, नागरिक अगुवा लेखमान थापा, जसपाका नेता तथा निवर्तमान वडाध्यक्ष रामप्रकाश कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

गाउँपालिका कार्यालय परिसर घ्याङडाँडामा आयोजित सभाको उद्घाटन समारोहमा पालिका उपाध्यक्ष गोकुली रेग्मीले स्वागत र शिक्षा संयोजक भुपालकुमार जोशीले सहजीकरण गरेका थिए।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli