भक्तपुर । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किनुभएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ ।

भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज ब्यान्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गर्नुभएको हो । चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व कीर्तिमान राख्नुभएको थियो ।
मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष कृष्णहरि आचार्य लगायत वडा सदस्यलाई समेत बज्राचार्यले सम्मान गर्नुभएको थियो ।
via साभार लिंक
Tags:
entertainment