Italian Trulli
Italian Trulli

नारायणगढ–मुग्लिङ सडक खण्डको कालीखोलामा बस र ट्रक जुध्यो : ३ जना घाइते

चितवन । नारायणगढ– मुग्लिङ सडक खण्डको ईच्छाकामाना गाउँ पालिका ६ कालीखोलामा बस र ट्रक एक आपसमा  ठक्कर खाँदा ३ जना घाइते भएका छन् । आज बिहान करिब ८ः१५ बजे नारायणगढ– मुग्लिङ सडक खण्डको कालीखोलामा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ७०३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख १४१९ नम्बरको बस एक आपसमा ठक्कर खाँदा बसमा सवार ३ जना घाइते भएका हुन । 

घाईते २ जनाको स्थानीय मेडिकलमा उपचार भई रहेको र १ जनालाई पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । दुवै सवारी साधनमा क्षति भएको छ भने सो बाटो अवरोध भने नभएको प्रहरीले जनाएको छ ।  दुवै सवारी साधन र चालक मुग्लिनको प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

घाइतेहरू :–

१.बसमा सवार जिल्ला चितवन ईच्छाकामना गा.पा.६ कुयलघारी बस्ने बर्ष ६९ को जित बहादुर बि.क. अवस्था मध्यम पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाइएको ।

२.जि.चितवन भरतपुर २९ बस्ने बर्ष ४५ की लालमाया गुरुङ अवस्था सामान्य, स्थानीय मेडिकलमा उपचार भई रहेको ।

३.जि.गोरखा गो.न.पा.८ बस्ने बर्ष ५२ की चमेली उपरकोटी,अवस्था सामान्य स्थानीय मेडिकलमा उपचार भई रहेको ।



via साभार लिंक

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli