Italian Trulli
Italian Trulli

युवतीलाई पटक–पटक बलात्कार गरेको घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

वीरगंज, १६ जेठ । वीरगंजमा एक युवतीलाइ विहेको प्रलोभन दिइ पटक पटक जबरजस्ती करणी गरेको घटनामा संलग्नमा ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरड्ढो कटहरी गाँउपालिका ४ घर भइ हाल वीरगंज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज साह, जुम्लाको हेमा गाउँपालिका ३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ हाल वीरगंज १६ मा बस्ने ४२ वर्षीय लक्ष्मी बुढाथोकी कार्की रहेका छन् ।
प्रहरीका अनुसार, काठमाण्डौकी २५ वर्षीया युवतीलाइ साहले विवाह गर्ने प्रलोभन दिएर जेठ ५ गते वीरगंजमा बोलाएर बसपार्क स्थित एक होटलमा लगी पटकपटक करणी गरेपपछि वीरगंज–१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएका थिए ।
त्यसपछि जेठ १० गते लक्ष्मीले ती पीडिता युवतीलाइ विहे गर्छ भन्ने प्रलोभन दिइ वीरगंज १६ फुलवारी टोलमा डेरा गरी बस्ने योगीको साथमा पठाएकी थिइन् । तर योगीले पनि ती युवतीलाइ आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका थिए । जेठ १४ गते राति ती युवती कोहि नभएको मौका छोपेर त्यहाबाट भागेर आफन्तको सम्पर्कमा गएकि थिइन् । त्यसपछि आफन्तले घटना वारे प्रहरीलाइ जानकारी गराएपछि प्रहरीले आइतवार वीरगंजका विभिन्न स्थानबाट ती तीन जना आरोपितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli