Italian Trulli
Italian Trulli

गुजरातलाई ‘डेब्यू’ सिजनमै आईपीएलको उपाधि

काठमाडौं । गुजरात टाइटन्सले ‘डेब्यु’ सिजनमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० प्रतियोगिताको उपाधि जितेको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो उपाधि जितेको हो ।

राजस्थानले दिएको १३१ रनको विजयी लक्ष्य गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । गुजरातका लागि शुभमन गिलले सर्वाधिक ४५ रनको योगदान गरे । कप्तान हार्दिक पान्ड्याले ३४ रन बनाउँदा ओपनर ऋद्धिमान शाह भने ५ रनमै आउट भए । यस्तै, म्याथ्यु वेडले ८ तथा डेविड मिलर ३२ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ राजस्थानका लागि युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

राजस्थानका लागि ओपनरद्वय यशस्वी जैसवाल र जस बटलरले क्रमश: २२ र ३९ रनको योगदान गरे । कप्तान तथा विकेटकिपर सञ्जु स्यामसनले १४ रन बनाउँदा शिम्रन हेटमायरले ११, देवदत्त पाडिक्कलले २, रविचन्द्रन आश्विनले ६, रियान परागले १५, ट्रेन्ट बोल्टले ११, ओबेद म्याकोयले ८ रन जोडे ।

गुजरातका लागि कप्तान हार्दिक पान्ड्याले उत्कृष्ट बलिङ गरे । उनले ३ विकेट लिँदा रवि श्रीनिवास साई किशोरले दुइ विकेट लिए । मोहम्मद शामी, यश दयाल र राशिद खानको नाममा एक/एक विकेट रह्यो ।

आईपीएलको पहिलो सिजन सन् २००८ को उपाधि जितेयता पहिलो पटक फाइनल पुगेको राजस्थान भने नवप्रवेशी गुजरातसँग हार व्यहोर्दै दोस्रो उपाधि उचाल्नबाट बन्चित भएको छ ।



via साभार लिंक

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli