![]() |
नेता छेतेन शेर्पा भोटे |
दडे, ताप्लेजुङ, बैशाख १२ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पूर्वी हिमाली जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एमालेको एक वडाध्यक्ष सहित प्यानलै निर्बिरोध भएसँगै बिजयको खाता खोलेको छ ।
चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पा भोटेलाई वडाध्यक्ष बनाउने निर्णय गरेसंगै सदस्यहरु समेत निर्बिरोध बनाएका हुन । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।
![]() |
ओलाङचुङगोला |
ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बन्नुभएको छ । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध हुनुभएको छ । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै गाउँबासीले सर्वसम्मत निर्णय गरेका हुन् ।
वलाङचुङगोला सिथत निर्वाचन आयोगको कार्यालयले जनाए अनुसार सोमवार साँझ पाँच बजेसमम वडा नं. ७ को वडाध्यक्षमा छेतेन शेर्पा भोटे र सदस्यहरू बाहेक अरुले उम्म्ेद्वारी दर्ता गराएका छैनन् ।
Tags:
main news