Italian Trulli
Italian Trulli

ठोरीमा माओबादी केन्द्रको गतिविधी अरु भन्दा अगाडि

 



ठोरी, बैशाख, १४ ।

पर्साको सुदुर पश्चिा पर्याटकिय पालिका ठोरीमा यस पटक स्थानीय तहमा त्रिपक्षिय प्रतिस्पर्धाको आँकलन गरे पनि दुइ पक्ष विच भने तिब्र प्रस्पिर्धा सुरु भइसकेको छ । सभा, कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रम गर्न एकले अर्कालाई उछिन्ने प्रयास गदै आएको नेकपा एकिकृत माओवादी र एमाले विच मुख्य प्रतिस्पर्धा सुरु भएको हो । 

मनोनय दर्ताको दिन दुवै पक्षले आ–आफ्नो बल, बुद्धि र वर्कतले भ्याएसम्म मास उतार्ने तयारी गरेको थियो । यसरी तयारी निकालिएको मनोनय जुलुसमा एमाले पक्षधरले आफनै ठुलो भनिरहेका छन् भने माओवादी पक्षधरको आफनै जुलुस ठुलो रहेको दावी छ । सञ्चारको बर्तमान युगमा कोही कसैले दावी गर्नु भन्दा पनि हकिकत सहजै बाहिर आउँछ । स्वतन्त्र विश्लेशक र पालिकाका साना दलका अगुवाहरुले भने जुलुस प्रदर्शनमा माओवादी नै अगाडि भएको टिप्पनी गरेका छन् । माओवादी अध्यक्षका उम्मेद्वार पिएल श्रेष्ठको पकेट क्षेत्र मानिएको क्षेत्रबाट जति सर्वसाधरण जुलुसमा सहभागि भए सो अनुपातमा एमाले अध्यक्ष उम्मेद्वार लालबहादुर श्रेष्ठको पकेट क्षेत्रबाट एमालेको पक्षमा सर्वसाधरण नओइरिएको टिप्पनीकर्ताहरूको भनार्ईछ ।


त्यसैगरि मनोनयर दर्ता र भोलेन्टीयर सुरक्षित गर्नुमा पनि माओवादीले बाजी मारेको छ । माओवादी पक्षलधरले स्वतन्त्र उम्मेद्वार धेरै खडा गरेकाछन् । अध्यक्षका उम्मेद्वार मात्रै माओवादी लविङको चार जना छन् । धेरै उम्मेद्वार भए पछि मतदान केन्द्र देखि मतगणना स्थलसम्म माओबदी पक्षका भोलेन्टीयर धेरै हुने भए । यसमा माओवादीले जति सक्रियता देखायो एमाले पक्षधरले त्यो सक्रियता देखाउन सकेन । 




यस पटकको चुनावमा आजसम्मको अवस्थलाई हेर्दा नेपाली काँग्रेस भद्र र बौद्धिक तरिकाले अगाडि बढि रहेको छ । खरायो जति दौडे पनि आखि र कटुवाको जित हुने नेपाली काँग्रेसका पालिका अध्यक्ष उम्मेद्वार बृहस्पतिकृष्ण श्रेष्ठको भनाई छ ।   

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli