Italian Trulli
Italian Trulli

कावाँरिया बोकेको ट्रयाकटरले किचेर माइतीबाट घर फर्कदै गरेकी आमा छोरीको मृत्यु

वीरगंज, २४ माघ ।

सेढवाको भवानीपुर वडानंं २ स्थित सडकमा ट्रयाकटरले किचेर मोटरसाइकलमा सवार एक बालिका र बालिकाकी आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ३ बर्षिया बालिका अन्याकुमारी महतो र उनकी आमा २७ बर्षिया विद्यादेवी थरुनी रहेकीे छन् ।

 सोमबार साँझ करिब पाँच बजे दुग्धेश्वर महादेव भाथाको दर्शन गरि कावाँरिया बोकेर जगरनाथपुर–२ लक्ष्मीपुर तर्फ गइरहेको ना.४ त ८१३६ नम्बरको ट्रयाकटरले जिराभवानी गाउँपालिकाको सेढवाबाट सोही पालिकाको वडानं. २ भवानीपुरतर्फ आइरहेको बा ५५ प ६५२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंंदा मोटरसाइकलमा सवार बालिका सहित दुइजनाको मृत्यु भएको हो ।

 विद्यादेवी, उनका पति अनिल महतो थारुले चलाएको मोटरसाइकलमा बालिका छोरी सहित माइती घरबाट आफ्नो तर्फ आइरहेकी थिइन् । दुर्घटनामा बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो भने विद्याको उपचार गर्दै गर्दा गएराति नेश्नल मेडिकल कलेज वीरगंजमा मृत्यु भएको हो । 

मोटरसाइकल चालक अनिल महतो सामान्य घाइते रहेको र ट्रयाकटर चालक जगरनाथपुर २ निवासी ५० बर्षिय सुरेन्द्रराम चमारलाई स्थानीयले नियन्त्रणमा लिई अस्थायी प्रहरी चौकी सुपौलीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli