Italian Trulli
Italian Trulli

तातो रक्सीमा डुवेर बालकको मृत्यु, आमा घाइते


दडे, सर्लाही, ९ माघ ।

शनिवार राति सर्लाहीको हरिवनमा तातो रक्सीमा डुवेर एक बालकको ज्यान गएको छ । सो घटनामा बालककी आमा घाइते भएकी छन् ।

हरिवन नगरपालिकावडानं.८ बेताली निवासी मैया गुर्मछानका डेढ वर्षीय छोराको तातो रक्सीमा डुबेर मृत्यु भएको हो । राती आफनै घरमा मदिरा बनाउने क्रममा भर्खर आगोबाट निकालेर राखेको तातो रक्सीको भा“डोमा बालक अचानक  परेका थिए । तातो रक्सीबाट बालकलाई निकाल्ने क्रममा बालककी आमा मैयाको पनि हात जलेको छ । बालकलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमुना अस्पताल लगिएको थियो । हरिवनमा उपचार सम्भव नभए पछि काठमण्डौ लैजाने क्रममा बालकको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बालकको बाबु बैदेशिक रोजगारीको रहेको र बालककी आमाले घरेलु मदिरा बनाएर विक्री गर्ने गरेको प्ररम्भिक अनुसन्धानबाट देखिएकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli