Italian Trulli
Italian Trulli

एमाले पर्साको अध्यक्षमा सुन्दरप्रसाद कुुर्मीको शसक्त दावेदारी (अन्तरवार्ता भिडियो सहित)

 

दडे, वीरगंज । नेकपा एमालेको एमाले पर्साको जिल्ला अधिवेशन यही पुस २७ र २८ गते वीरगंजमा हुँदैछ । पार्टीको दशौं महाधिवेशन पछि पार्टी भित्र दुईधार छैन । पर्सामा पनि केपी ओली पक्षिय धार मात्रै भए पनि यहाँ जिल्ला अध्यक्षको दावि गर्नेहरु धेरै छन् । जिल्ला कमिटीको अध्यक्षका लागि झण्डै आधा दर्जन नेताहरूको दौडमा सो पार्टीका युवा नेता सुन्दरप्रसाद कुर्मी पनि अग्रपंतिमा छन् ।

तीन दशक भन्दा लामो अवधि देखि नेकपा पर्साको निर्णायक भूमिकामा रहेका कुर्मी विचमा केही समय पार्टीबाट विद्रोह गरेर मधेशकेन्द्रीत दल जनता समाजबादी पार्टीमा गएका थिए । जसपामा पनि उनले जिल्ला उपाध्यक्षको जिम्मेवारी पाएका थिए । फेरी पनि उनी एमालेमा नै फर्किए । यो विचको समयलाई उनी पार्टीका सच्चा कार्यकर्ताहरुको हितका लागि भएको एउटा विद्रोह मात्रै बताउँछन् । पार्टी भित्रका इमान्दार, त्यगी, परिश्रमी र प्रतिबद्ध नेता कार्यकर्तालाई कम आँकेर पार्टी बाहरिका व्यक्तिलाई संसदिय फाँटको उम्मेद्वार बनाउने केही नेताहरुको स्वर्थी शैलीका कारण आफुले विद्रोह गरेको तर हाल त्यसता गलत प्रबृतिका व्यक्तिहरु पाखा लागि सकेकाले आफु पुनः घर फर्किएको नेता कुर्मीको भनाईछ ।


नेकपा माले काल देखि हालसम्म आफुलाई कम्युनिष्ट स्कुलिंगकै विद्यार्थी ठान्ने कुुर्मी पार्टी नेताहरुरुकैै सुझाव अनुसार सरकारी सुविधाको जागिर छाडेर पार्टीमा फुल छाइम्बर बनेका थिए । नेकपा एमाले वीरगंज महानगर कमिटीको सचिवमा कार्यरत स्पष्ट बक्ता सुुन्दर कुर्मी, यस अघि पार्टीको जन बर्गिय संगठनहरु युवा फाँट, मधेशी फाँटलगायत पार्टीको गाउँदेखि नगरसम्मका विभिुन्न जिम्मेवारी सफल्ताका साथ निर्वाहा गरिसकेका छन्् ।


जिल्ला अध्यक्षका आकाँक्षीहरु सवैजना पार्टी कै बफादार सिपाहीहरु भएकोले पार्टी कमिटीको जिम्मेवारीमा दावि गर्नु आकाक्षा राख्नुु स्वभाविक भएको बताउने कुर्मी जिल्ला नेतृत्व सर्वसम्मत चयन हुनु पर्ने, विकल्पमा लोकतान्त्रीक विधी अपनाउन सकिने मान्यताका पक्षधर हुन् । उनले जिल्ला अध्यक्षको जिम्मेवारी पाएमा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा मार्ग निर्दिष्ट गरेको लाईन, योजना तथा कार्यक्रम अक्षरस लागु गरि नेकपा एमालेलाई जिल्लामा पहिलो पार्टी बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

 


पार्टीमा युवा, महिला, आदिवासी जनजाति, पीछडिएका समुदाय, पाका ज्येष्ठ कम्युनिष्ठ नेता कार्याकर्ता, एवं पार्टी एकिकरण तथा समायोजन तर्फका सवैको भावनालाई समेटदै, उचित स्थान र अवसर दिएर पार्टीलाई अगाडि बढाउन आफुसंग स्पष्ट कार्यक्रम तथा दृष्टीकोण रहेको नेता कुर्मीको दावी छ । 


फेरी पनि आफुु भन्दा योग्य, सक्षम, दुरदृष्टी योजना तथा कार्यक्रम भएका अग्रज नेताहरु आएमात्रै सोच्न सकिने भन्दै उनले व्यक्तिगत आकाँक्षालाई पार्टीमा हावी हुन दिन नहुने र पार्टीअधिवेशनको निर्णय सवैले सिरोधार्य गर्नु पर्ने बताएका छन् । यससम्बन्धमा नेता कुर्मीको अन्तवार्ताका लागि दिएको युट्युुव  भिडियो लिंक क्लिक गर्नु होला ।

Video Link   

  


एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli