Italian Trulli
Italian Trulli

एमाले पर्सामा अधिवेशनको सरगर्मी, एघारा बुँदे प्रतिबद्धता सहित अध्यक्षमा गुप्ताले गरे उम्मेद्वारी घोषना

पत्रकार सम्मेलनमा प्रतिबद्धता तथा घोषना पत्र सार्वजनिक गर्दै नेता गुप्ता ।

दडे, वीरगंज, २५ पुस ।

    एमाले पर्सामा अधिबेशनको सरगर्मी बढेको छ । जिल्ला अधिवेशनको मिति नजिकिंदै जाँदा जिल्ला कमिटी अध्यक्ष पदका लागि आकाँक्षीहरूले उम्मेद्वारी घोषना गर्ने क्रम सुरु भएको छ ।  

    यस क्रममा नेकपा एमाले पर्साका बर्तमान जिल्ला सचिव मनोज गुप्ताले आईतवार पत्रकार सम्मेलन गरि पार्टी जिल्ला कमिटीको अध्यक्ष पदमा उम्मेद्वारी घोषना गरेका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् । 

    पत्रकार सम्मेलनमा जिल्ला पार्टी सञ्चालन, संगठन निर्माण एवं सुदृढीकरण सम्बन्धी ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै गुप्ताले आफुलाई पार्टी अध्यक्षको जिम्मेवारी पाएमा पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले थालनी गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ महाअभियानलाई सार्थक बनाउन कुनै कसर बा“की नराख्ने बताएकाछन् । 

    पर्साको छिपहरमाई गाउ“पालिकाका जननिर्वाचित अध्यक्ष समेत रहेका गुप्ताले पर्साका सबै तहका जनताको विचार एवं भावना बुझ्दै आवश्यकता तथा समस्या पहिचान गरि समाधान गरेर सुखि र खुशी पर्सेली समाज निर्माण गर्न सकिने पत्रकार सम्मेलनमा बताए । 

    उनले आफु दुई दशक पुरानो एमालेको पीएम भएको र हाल पार्टी सचिवलगायत संसदिय फाँटको समेत जिम्मेवारी निर्वाहा गरिसकेकोले स्वतः अध्यक्ष पाउनु पर्ने तर्क गरेकाछन् ।  जिम्मेवारी पाए तिनै तहको आउने निर्वाचनमा पर्सामा एमालेलाई पहिलो शक्ति बनाउने, सबै संगठित सदस्यहरुको अभिलेखीकरण गर्न अलग्गै मोबाइल एप बनाउने, पुराना अगूवा नेताहरुको अनुभव र नयाँ जोस र जागरको समन्वय गर्ने, कार्यकर्ता कल्याणकोष निर्माण गरी समस्यमा परेका कार्यकर्ताहरुको लागि कोष परिचालन गर्ने, पार्टीका नेता कार्यकर्तालाईै बैचारिक रुपमा दृढ बनाउन नियमित प्रशिक्षण सञ्चालन गर्ने, पार्टी कार्यलयलाई प्रविधि र सुविधा सम्पन्न बनाइनेलगातयतका ११ बुँदे  प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    एमाले पर्साको आठौं जिल्ला अधिवेशन यही पुस २७ र २८ गते वीरगंज नगर सभागृहमा गर्ने तय भएको छ । सञ्चारकर्मीको प्रश्नको उत्तरमा नेता गुप्ताले उक्त अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने भएमा आफु बाधक बनन्ने स्पष्ट पारेकाछन् ।




एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli