Italian Trulli
Italian Trulli

मधेश सरकारले बल्ला नेपालको चुच्चे नक्सा राख्यो



दडे, जकपुरधाम, ९ माघ ।

नेपालको चुच्चे नक्सा संसदले अनुमोदन गरेको लामो समय पछि  मधेश प्रदेश सरकारले सो नक्सा प्रयोगमा ल्याएको छ । मधेश प्रदेश सरकारले पहिलो पटक आइतवार आफ्नो राजपत्रमा नेपालको चुच्चे नक्सा प्रयोग गरेको हो ।

प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेपछि प्रदेश सरकारको चौतर्फी आलोचना भएको थियो । सो पछि आइतबार प्रदेश सरकारले चुच्चे नक्सा राखेर पुनः राजपत्र प्रकाशन गरेको छ ।

संघीय सरकारले आज भन्दा डेढ बर्ष पहिले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नया“ नक्सा पारित गरेको थियो । तर तत्कालिन प्रदेश २ प्रदेश सरकारले राजपत्रमा चुच्चे नक्सा नराखी पुरानै नक्सा राख्दै आएको थियो । प्रदेश सरकारको चौतर्फ आलोचना चलिरहेकै बेला उसले नक्सा सच्याएको हो । 

राजपत्रमा आइतबार नेपालको नया“ नक्सा राखिसकिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।


एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli