Italian Trulli
Italian Trulli

भारतकी हरनाज सन्धुले मिस युनिभर्स-२०२१ को उपाधि जितिन्

 

२७ मंसिर, काठमाडौं । भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स-२०२१ को ताज जितेकी छन् ।

सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।



सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।

मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।

योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli