Italian Trulli
Italian Trulli

लिम्बु समुदायले आज चासोक तङनाम पर्व मनाउँदै

 


पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीको रूपमा पनि लिइन्छ । लिम्बु समुदायको आफ्नै मौलिक पर्व छन् । 

यी पर्वमध्ये चासोक तङनाम अर्थात (न्वागीपुजा) पनि एक हो । पाकेको अन्नबाली प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ ।

लिम्बु समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउँछन् । लगाएको अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाइन्छ ।

तेह्रथुमलगायत पूर्वका विभिन्न जिल्लाहरूमा लिम्बु समुदायले विविध कार्यक्रम गरि धुमधामका साथ  चासोक तङनाम मनाई रहेका छन् । चासोक तङनाम पछिल्लो समय सामुहिक रुपमा सुख र दुःख बाँड्ने पर्वको रूपमा मनाउन थालिएको तुलसी तिगेला बताउँछन् ।

पर्वको अवसरमा लिम्बु समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो र धनुकाँड हान्नेलगायतका लोपन्मुख खेलसमेत सञ्चालन गरिन्छ । तागेरा निङवाफुमाङलाई अन्नबाली चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बु समुदायका अभीयान्ता दिल पाक्साँवा बताउँछन ।

पछिल्लो समय लिम्बु समुदायले आफ्नो भाषा, लिपी र संस्कृतिको  संरक्षणमा चासो दिन थालेको पाइन्छ । पर्वहरूले सबै नागरिकहरूलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाल बताउँछन् ।

पूर्वी नेपाललगायत देशभित्र र बाहिर रहेका लिम्बुहरूले चासोक तङनामलाई हर्ष उस्लासका साथ मनाउन थालेका छन् । यो पर्वको अवसरमा सरकारले स्थानीय बिदा दिएको छ । 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli