Italian Trulli
Italian Trulli

भारतीय प्रधानमन्त्री मोदीद्वारा मध्य एसियाली पाँच देशका विदेशमन्त्रीसँग छलफल

unn.prixa.net

काठमाण्डाै, पुस ६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य एसियाली पाँच देशका विदेशमन्त्रीसँग छलफल गर्नुभएको छ ।

उहाँले हिजो कजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका विदेश मन्त्रीसँग छलफल गर्नुभएको हो । भेटमा पाँच देशका विदेशमन्त्रीले भारतसँगको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री मोदीले पनि दिगो र स्थायी सम्बन्धमा जोड दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै उहाँले भारत र मध्य एसियाबीचको आर्थिक सहयोगको सम्भावना र कनेक्टिभिटीको भूमिकालाई पनि जोड दिनुभएको छ ।

भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि उपस्थित हुनुहुन्थ्यो । भारत–मध्य एसिया संवादको तेस्रो बैठकमा सहभागी हुन मध्य एसियाली देशका विदेशमन्त्रीहरू नयाँ दिल्लीमा छन् । 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli