Italian Trulli
Italian Trulli

काठमाण्डौसहित धेरै ठाउँमा तुसारो, चिसो हावाले जाडो थप बढायो


unn.prixa.net

काठमाण्डाै, पुस ६ । केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको हो ।

बिहान हुस्सु कुहिरोसँगै तुसाराे पर्न थालेको छ भने दिउँसाे र बेलुका चिसो हावा चल्न थालेको छ । यसले गर्दा जाडो बढेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा तुसाराे पर्न थालेको छ । यस्तै, उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो बढेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलकाअनुसार उत्तर पश्चिमी क्षेत्रबाट नेपाल आउने हावा हिमाली क्षेत्र हुँदै बहन्छ । हिउँ परेको हिमाली क्षेत्र हुँदै बहने हावा बढी चिसो हुने उहाँको भनाइ छ । अहिले उपत्यकासहित तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको छ ।

दिउँसाे घाम लागे पनि आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम आज ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli