Italian Trulli
Italian Trulli

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटनाः चार महिने शिशुको मृत्यु , पाँच घाइते

 पुस ३ । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा चार महिनाको शिशुको मृत्यु भएको छ । 

५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बरको बस भारतको लखिमपुर स्थित भिरा नजिक दुर्घटना हुँदा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ महिने शिशु विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनीहरू धनगढीको कालिका मष्टामण्डली टुर एन्ड ट्राभल्सबाट टिकट लिएका भारत जाँदै गरेका थिए । मृतक शिशुका बुवा आमा भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य पाँच जना नेपाली भने घाइते भएका छन् । घाइतेहरूको भारतमा उपचारपछि नेपाल आएका छन् । उनीहरूको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप उपचार भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli