पुस ६ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट पारित हुने आकलनका साथ आज सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले नक्साल हेडक्वार्टरमा कार्यरत सबैलाई चुस्ता (नीलो पोशाक) लगाएर बस्न आन्तरिक सूचना जारी गरेको हो ।
प्रधान कार्यालयको सूचनामा ‘तहाँ कार्यरत जवानदेखि निरीक्षकसम्मका प्रहरी कर्मचारीहरुले चुस्ता लगाएर तम्तयार अवस्थामा बस्नु’ भनिएको छ ।
आजको संसद बैठकमा एमसीसी सम्झौता पेश हुने र अाजै पारित गर्ने सरकारको रणनीति भएकाले प्रहरीले सोहीबमोजिम सुरक्षा प्रबन्ध मिलाउन खोजेको स्रोतको दाबी छ ।
Tags:
news