पुस ९, भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगिरहेकी दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गेयून हेईलाई सरकारले आममाफी दिने भएको छ।दक्षिण कोरियाको न्याय मन्त्रालयले कोरोना महामारीको कारण मुलुकले विभिन्न समस्याको सामना गरिरहेको अवस्थामा राष्ट्रिय एकतालाई जोड दिन पार्कलाई आममाफी दिन लागिएको बताएको छ।
दक्षिण कोरियाका न्यायमन्त्री पार्क बेओम–कीका अनुसार सरकारले राष्ट्रिय एकताको लागि विशेष माफी दिन आवश्यक मानिसको सूची बनाएको थियो।
जसमा पार्क गेयुन हेईको नाम पनि समावेश थियो। उनलाई माफी दिने वा नदिने भन्ने विषयमा यसै साता दुई दिनसम्म छलफल चलेको थियो।
Tags:
international