Italian Trulli
Italian Trulli

भारतको ११ राज्यमा ओमिक्रोन फेला, यात्रा नगर्न भारतीय स्वास्थ्य मन्त्रालयको अपिल


काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतीय स्वास्थ्य मन्त्रालयले अत्यावश्यक बाहेकको यात्रा नगर्न र भीडभाड नगर्न आग्रह गरेको छ। 

भारतको ११ राज्यमा ओमिक्रोन भेरियन्टको १ सय भन्दा धेरै संक्रमित फेला परेको भन्दै भारतीय स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो।

महाराष्ट्र ओमिक्रोनबाट बढी प्रभावित भएको छ जहाँ ४० जना संक्रमित फेला परेका छन्। विश्वमा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै मन्त्रालयले संयमता अपनाउन भनेको हो। 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यात्रा, सामूहिक समारोह र भीडभाड नगर्न अपिल गरेको हो।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli