Italian Trulli
Italian Trulli

नेपालको पहिलो टिकटक अवार्ड सम्पन्न


टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा टिकटक अवार्डु प्रदान गरेको छ । 

कार्यक्रममा वर्षा बस्नेतले बेस्ट रिप्रिजेन्टेटिभ, पुजा एन्जलले मस्ट लबेभल, केपी खनालले दि सोसल एक्टिभिस्टु, नृत्य ट्रुप नेपाललाई बेस्ट डान्सिङ ट्रुपु, स्मारिका समारिकालाई मस्ट कमेडियन ट्विन्सु र पुरु सिग्देल र उनको आमा विद्या सिग्देललाई बेस्ट मदर सनु अवार्ड प्रदान गरेको छ । 

यसैगरी शिक्षा संग्रौलालाई मस्ट इन्टलेक्चुअलु, शिशिर भण्डारीलाई बेस्ट कमेडियन एक्टरु, मुस्कान गुरागाईलाई मस्ट ट्यालेन्टेडु, निता लता सरोवरलाई हाउसहोल्ड कन्टेन्टु, अनिश तामाङलाई नेपाल फस्र्ट बडि पेन्टरु, बिपि श्रेष्ठलाई ुमस्ट क्रियटिभु र बिष्णु पाण्डेलाई बेस्ट इन्टरटेनरु बिधामा अवार्ड प्रदान गरिएको छ ।

सौर्य भेटवालले मस्ट अडोरबलु अवार्ड हात पारे भने पवित्रा ढुंगानालाई मस्ट डेडिकेटेडु, ढुकुरे डनलाई बेस्ट कमेडियनु, शिव पौडेललाई बेस्ट फिटनेस मेलु, सिता तामाङलाई बेस्ट फिटनेस फिमेलु, अपिल राईलाई बेस्ट पर्फरमरु र अन्जना अर्याललाई हाउसहोल्ड सेफु अवार्ड प्रदान गरिएको छ ।

आइतबार साँझ राजधानीमा आयोजना गरिएको कार्यक्रममा भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशील नेपालले अवार्ड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ग्यापु मार्केटप्लेसले सञ्चालन गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्र गरी अप्रिलिया स्कुटरको विजेता समेत घोषणा गरिएको छ । विजेता आयुष्मा भट्टलाई स्कुटरको हस्तान्तरण केही दिन पछि गरिने बताइएको छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli