Italian Trulli
Italian Trulli

ए डिभिजन लिग पहिलो पटक मोफसलमा हुँदै

नेपाल समय

काठमाडौं, पुस ३ । पहिलो पटक मोफसलमा सहिद स्मारक ए डिभिजन लिगको खेल आज शनिबार हुँदैछ। एन्फाले पहिलो पटक मोफसलमा प्रतियोगिता गर्दा भिड्नेछन् कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ। 

पोखरामा एक खेल हुँदा आज काठमाडौंमा २ खेल हुनेछ। दिनको १ बजे हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा साझ पौने ५ बजे थ्रीस्टार क्लब र न्युरोड टिम एनआरटी क्लब आमने सामने हुनेछन्।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli