Italian Trulli
Italian Trulli

पटना बमविष्फोट केसमा ४ जनालाई फाँसीको सजाय सुनाइयो

 

कार्तिक १५, काठमाडौं। भारतको पटनास्थित गान्धी मैदानमा भएको सिरियल बम विष्फोटको मुद्दामा एनआइए अदालतले ९ जना आतंकवादीहरुलाई सजाय सुनाएको छ ।

 विशेष एनआइए अदालतका न्यायाधीश गुरविंदर सिंहले चार आतंकवादीहरुलाई फाँसीको सजाय सुनाएका छन् । दुई जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । २ जनालाई १० वर्षको कैद र एक जनालाई ७ वर्षको कैद सुनाइएको छ ।

तत्कालीन समयमा प्रधानमन्त्रीको उम्मेदवार रहेका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको र्यालीमा भएको बम विष्फोट मुद्दामा थुनामा रहेका १० जनामध्ये ९ जनालाई गएको अक्टोबर २७ मा दोषी ठहर गरिएको थियो । 

एनआइए अदालतले नोमान अन्सारी, हैदर अली उर्फ अब्दुल्लाह उर्फ ब्ल्याक ब्युटी, मोहम्मद मोजिबुल्लाह अन्सारी र इम्तियाज अन्सारी उर्फ आलमलाई फाँसीको सजाय सुनाएको हो । उमर सिद्दीकी र अजहरुद्दीनलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli