दडे, जनकपुरधाम, २० असोज ।
प्रदेश २ का प्रमुख विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसददिय दलका नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्रीको राजिनामा माग गरेका छन् । मुख्यमन्त्री गद्दीले राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनलाई सहयोग गर्नुपर्ने सोनलको तर्क छ ।
बुधबारदेखि शुरु भएको प्रदेशसभा अधिवेशनको पहिलो दिन लोसपा संसदीय दलका नेता सोनलले सबै कार्यालयको छानबिन गर्न मुख्यमन्त्री स्वयंले निम्तो दिएको स्मरण गराए । समन्वय परिषद्को बैठकमा तत्कालीन अख्तियार प्रमुखलाई बोलाएर आफ्नो सबै कार्यालयको छानबिन गर्न मुख्यमन्ँत्रीले नै आग्रह गरेको स्मरण गराउ“दै पूर्वमन्त्री समेत रहेका नेता सोनलले भ्रष्टाचार गरेको छैन भने किन खुट्टा कपाउनु पर्यो ? भन्दै प्रश्न गरे ।
अख्तियारले छापा हाने पछि संघियता माथि प्रहार भएको भनि सरकार पक्षले दिइरहेको अभिव्यक्ति हा“स्यसपद भन्दै विष्क्षी नेता सोनलले भने “अख्तियारको छापाले संघीयता समाप्त हुदैन । तर भ्रष्टाचारले व्यवस्था धराममा पर्न सक्छ ।”