Italian Trulli
Italian Trulli

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच वार्ता : बीआरआई र सीमा विवादबारे छलफल


 

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग संवाद गरेका छन् । दुई समकक्षीबी ‘भर्चुअल’ माध्यमबाट एक घण्टा लामो संवाद भएको हो । भिडियो संवादमा चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषय प्राथामिकतामा परेको परराष्ट्र स्रोतले बाह्रखरीलाई जानकारी दियो । 

संवादमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ परराष्ट्रमन्त्री वाङलाई बीआरआई परियोजना नेपालले स्वीकृत गरेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताए । “परियोजना अन्तर्गत नेपालको हितमा रहेका पक्षहरूलाई हामी कार्यान्वयनमा तुरुन्तै लैजानेछौँ,” मन्त्री खड्कालाई उद्धृत गर्दै स्रोतले भन्यो । 

परराष्ट्र मन्त्रालयबाटै भएको भिडियो संवादमा चीनले अतिक्रमण गरेको भनिएको सीमा क्षेत्रको विषयमा पनि छलफल भएको थियो । छलफलमा सीमासम्बन्धी थप अध्ययन गर्ने दुई देशको समझदारीमा विवाद भएको सीमा क्षेत्रको समस्या समाधान गर्ने भद्र सहमति भएको छ ।

“स्वाभाविक रूपमा सीमा सम्बन्धी कुरा पनि उठान भयो, मन्त्रीज्यूले हाम्रो भूमिको सम्बनधमा स्पष्ट कुरा राख्नुभयो,” स्रोतले भन्यो, “उताबाट पनि आपसी समझदारीमा समस्या सुल्झाउन सहमति आएको छ ।”

कांग्रेस प्रतिपक्षमा हुँदा चीनले सीमा मिचेको सम्बन्धमा पटकपटक आवाज उठाएको थियो । कांग्रेसले चिनियाँ पक्षले हुम्लाको नाम्खा लिमि, लाप्चा देखि हिल्सासम्मको सीमा क्षेत्रमा अतिक्रमणमा परेको भन्दै अध्ययन प्रतिवेदन नै तयार पारेको छ ।

हुम्लाको स्थानीय प्रशासन प्रशासनले गरेको अध्ययन प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि १४ असोजमा कर्णाली प्रदेश सभा सांसद जीवनबहादुर शाहीको नेतृत्वमा कांग्रेसले अध्ययन टोली नाम्खा पुगेर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनले चिनियाँ पक्षबाट दुई किलोमिटर भू-भाग अतिक्रमण भएको निष्कर्ष निकालेको छ । परराष्ट्र स्रोतकाअनुसार आजको बैठकमा उक्त विषयमा पनि छलफल भएको छ । 

संवादमा चिनियाँ पक्षले चीन सम्बन्धमा सत्तारूढ दल नेपाली कांग्रेसको नीतिको विषयमा चासो राखेको थियो । जवाफमा मन्त्री खड्काले नेपाल र नेपाली कांग्रेस आफूहरू सन्तुलित र असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेको जवाफ दिएका थिए ।

“नेपाली कांग्रेस एक चीन नीतिमा स्पष्ट छ । हामी सन्तुलीत र असंलग्न परराष्ट्र नीतिका पक्षमा छौँ,” मन्त्री खड्काले भनेका थिए । 

संवादमा दुई देशको आपसी हित र सहयोग आदान प्रदान गर्ने,  दुई पक्षीय भ्रमण आदानप्रदान तथा विश्व राजनीतिको बदलिँदो रूपको विषयमा पनि छलफल भएको मन्त्री खड्कालाई उद्धृत गर्दै स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli