Italian Trulli
Italian Trulli

शारुख खानका छोरा ड्रग्स काण्डमा फसेका आर्यान खानको जामानत रद्द

 


ड्रग्स केसमा फसेका शारुख खानका छोरालाई जमानतमा छोड्न अदालतले मानन

एजेन्सी, बुधबार, ३ कार्तिक । भारतीय कलाकार शारुख खानका छोरा आर्यान खान झन समस्यामा पर्दै गएका छन ।  बुधबार आदालतले आर्यान खानको जामानतमा रियाका लागि पेश गरेको पेशी नै रद्द गरिदिएको छ । ड्रग्स काण्डमा फसेका आफ्ना छोराको जामानतका लागि शारुख खानले अदालतमा निवेदन पेश गरेका थिए । आर्यानका साथमा अरवाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि जामानतमा रिहा गर्न रोक लगाएको छ । 

बलिउड स्टार शारुख खानको छोरालाई अदाललते जमानतमा रिहा गर्न रोक लगाएपछि सामाजिक सञ्जालमा ठूलो विरोध शुरु भएको छ । आर्यान खानको साथमा ड्रग्स नपाएपछि शारुख खानले आफ्नो छोरालाई जमानतमा रिहा गर्नका लागि पेश गरेको निवेदन नै अदालतले खारेज गरेपछि भारतीयहरुले अदालतले टर्चर गरेको आरोप लगाइ रहेका छन् ।

एकै केशमा पक्राउ परेकी भारती सिंहको साथबाट ८६ ग्राम लागु पदार्थ भेटिएपछि पनि यहि दिनमा उनलाई अदालतले छाड्ने आदेश दिएको भन्दै सामाजिक सञ्जालमा भारतीय न्यायप्रणालीको खिल्ली उडाइएका छन् । 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli