काठमाडौं । सरकारले इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएकाहरुको नाम इजायल सरकारलाई पठाएको थियो ।
इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत एक हजार ६०० जनाको लिष्टबाट ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ ।
अब छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् । इजरायलमा श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो ।
११७५ जना श्रमिक नामावली तलको लिंक अथवा वैदेशिक रोजगार विभागको वेबसाईटमा गएर हेर्न सकिने छ।