Italian Trulli
Italian Trulli

अक्षय कुमारको ‘गोरखा’ फिल्मको पोस्टरमा पूर्व सैनिकले गल्ती औंल्याए

 

१ कार्तिक। बलिउड अभिनेता अक्षय कुमारले हालै नयाँ फिल्म गोरखाको घोषणा गरेका छन् । आफ्नो ट्विटर ह्यान्डलमा उनको फिल्मको घोषणा गर्दै एक पोस्टर शेयर गरेका छन् ।

त्यस पोस्टरमा पूर्व सैन्य अधिकृत मेजर मानिक एम जोलीले गल्ती भेटेका छन् । गोरखा राइफल रेजिमेन्टका मेजर जोलीले लेखे, ‘अक्षय कुमारज्यू, पूर्व गोरखा सैन्य अधिकृतको नाताले म तपाईंप्रति आभार व्यक्त गर्छु । तर तथ्य महत्त्वपूर्ण छ । खुकुरीलाई सही तरिकाले देखाउनुस् । त्यसमा अर्कोतर्फ धार देखिन्छ । तरवार हैन यो, खुकुरीको धार भित्रपट्टि हुन्छ । तपाईंलाई म खुकुरी पठाउँछु । धन्यवाद ।’

अक्षय कुमारले मेजर जोलीको पोस्टमा रिप्लाई गरे, ‘यो कुराप्रति सचेत गराउनुभएकोमा धन्यवाद । फिल्मको शूटिङमा हामी यसलाई ध्यान दिनेछौं । फिल्म गोरखा बनाएर म निकै सम्मानित र गौरवान्वित अनुभव गरिरहेको छु । फिल्मलाई यथार्थपरक बनाउनका लागि दिइने सबै सुझावलाई स्वागत छ ।’

फिल्ममा अक्षयले मेजर जनरल इयान कार्डोजोको भूमिका निर्वाह गर्नेछन् । कार्डोजोले सन् १९६२, १९६५ र १९७१ का युद्धहरू लडेका थिए । पाकिस्तानविरुद्धको युद्धमा बहादुरी देखाएका उनलाई सेना मेडले विभूषित गरिएको छ । त्यसबाहेक उनलाई विशिष्ट सेवा मेडल पनि दिइएको छ ।’

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli