Italian Trulli
Italian Trulli

वीउवासङ्घद्वारा नवआगन्तुक प्रजिअ ढकालसँग भेटघाट तथा छलफल

वीरगञ्ज, कार्तिक १/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा पर्साका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग भेटघाट तथा छलफल गरेको छ ।
समारोहमा वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महŒव र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरूले भोगिरहेको समस्याहरू वारे प्रकाश पार्नु भएको थियो । उहाँले वीरगञ्ज लगायत पर्सा–बारा क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरूपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नुभएको थियो । त्यस्तै ७० प्रतिशत जति कार्गो यसै नाकाबाट आयात हुने गरेको र राष्ट्रिय राजस्वमा ५०–६० प्रतिशतको योगदान यस क्षेत्रको रहेकोले सोही अनुरूप यस क्षेत्रको भौतिक पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रजिअ ढकालले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रूपमा निरूत्साहित तुल्याउने तर्पm आपूmले प्रभावकारी भूमिका निर्वहन गर्ने बताउनुभयो । शान्ति सुरक्षा कायम राख्न निजीक्षेत्रका साथै सर्वसाधारणको समेत भूमिका अपरिहार्य रहेकोले समन्वय र सहकार्यको लागि आग्रह गर्नुभयो । वीरगञ्जको भौतिक विकासको लागि पनि प्रशासन र निजीक्षेत्र समन्वय एवम् सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
वीउवासङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्ष अशोक वैध, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, का.स.स. सुमन क्याल, शिवजीप्रसाद साह, अवधेश सरावगी लगायतका वक्ताहरूले वीरगञ्जमा हुने ध्वनि प्रदूषण, बजार क्षेत्रमा हुने ट्राफिक व्यवस्थापन, औद्योगिक कोरिडोरमा शान्ति सुरक्षाको व्यवस्था, बिन्दवासिनी–वीरगञ्ज सडकखण्डमा दिनहुँ हुने गरेको जामलाई व्यवस्थित गर्नुपर्ने, वीरगञ्ज–रक्सौल मितेरी पुलको जीर्णोद्वार गर्नुपर्ने, वीरगञ्ज–रक्सौल बीचको अवैध व्यापारलाई निरूत्साहित गर्नुपर्ने लगायतका सुझावहरू प्रजिअ ढकाललाई दिनुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स., उद्योगी व्यापारीहरूको उपस्थिति रहेको थियो ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli