Italian Trulli
Italian Trulli

छिमेकीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

 


रौतहट : हत्या गरेर रुखमा झुण्ड्याइएको घटनाका मुख्य योजनाकार पक्राउ

111
Shares
facebook sharing button Share
twitter sharing button Tweet
pinterest sharing button Pin
linkedin sharing button
whatsapp sharing button

दडे, रौतहट, १९ असोज ।आफ्नै छिमेकीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  वर्षौं पुरानो रिसिवीको कारण सुपारी दिएर हत्या गर्ने मुख्य योजनाकार भनिएका सहदेव भन्ने डिल प्रसाद बोलखेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलिराज लामिछानेले बताए ।

गत भदौ २६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीलाई अज्ञात समूहले हत्या गरेर रुखमा झुण्ड्याइको थियो ।घटनाको अनुसन्धानको क्रममा  चन्द्रपुर  ३ गैंडाटार घरभई हाल  वडा ४ कप्तान बस्ने ३८ वर्षिय  बोलखेलाई  पक्राउ गर्न सफल भएको डिएसपी लामिछानेले बताए ।

बोलखेले चन्द्रपुर  ३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुयाँलको सहयोगमा सिन्धुली पिपलमाडी गाविस ९ घर भई हाल पर्साको पर्सागढी नगरपालिका ३ सृजनाटोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी पूर्व कावासोती नगरपालिका  ८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई ३ लाख रुपैयाँमा सुपारी दिएर घोरासैनीको हत्या गर्न लगाएको प्रहरीले जनाएको छ ।

गत  असोज ११ गते ३ प्रहरीले जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ भने सो समय बोलखे फरार रहेका थिए । डिएसपी  लिलाराज लामिछानेका अनुसार बोलखेलाई गत १७ गते आइतबार काठमाडौँको दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको थियो ।  जिल्ला अदालत गौर बाट ६ दिनको म्याद थमाई बोलखेलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli