Italian Trulli
Italian Trulli

कुलमान घिसिङको नियुक्ति विरुद्धको मुद्दा प्रन्या जवराको बेञ्चमा

 

कुलमान घिसिङको नियुक्ति विरुद्धको मुद्दा प्रन्या जवराको बेञ्चमा

काठमाडौं, असोज ५ गते । सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।
उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ । सो मुद्दा आज पहिलो नम्बरमा राखिएको छ । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै गत साउन ३२ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यस अघि भदौ २० गते पनि सो मुद्दाको पेशी प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको भए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।
आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
शाक्यरले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, ऊर्जा मन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाइ हुने भएको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुन लागेको सर्वोच्चले जनाएको छ । एमाले अध्यक्ष ओली आफैं सर्वोच्च अदालत उपस्थित भएर निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गर्नुभएको थियो ।
यसैगरी आजै ने ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli